समाजवादी मोर्चा नेपालले सन्देश सभाको आयोजना गर्ने

काठमाडौँ । समाजवादी मोर्चा नेपालले सात प्रदेशमा सन्देश सभाको आयोजना गर्ने भएको छ। सन्देश सभाका लागि आइतबार केन्द्रीय संयोजन समितिको बैठक बस्ने भएको छ। मोर्चाका अध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल विदेश भ्रमणमा जानुभएकाले बैठक बस्न नसक्दा केही समय ढिलाइ भएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिए ।

बैठकले सन्देश सभाको निर्णय गरी जिम्मेवारीसमेत बाँडफाँट गरी व्यवस्थापनको काम अघि बढाउने छ। मोर्चालाई प्रदेश र जिल्ला तहमा विस्तार गर्नका लागि सन्देश सभा गर्न लागिएको हो। मोर्चाका अनुसार प्रदेश र जिल्ला तहमा संयोजन समिति रहने छ। कुनै पनि पार्टीका प्रदेशका अध्यक्ष तथा प्रमुखसहित प्रत्येक पार्टीबाट प्रदेशमा तीन तीन जना र जिल्लामा दुई दुई जना रहने छन्। प्रदेश र जिल्लामा सचिवालय पनि गठन हुनेछ।

मोर्चाले कार्यविधि बनाएर चार पार्टीका अध्यक्ष रहने केन्द्रीय संयोजन समिति बनाएको छ। संयोजन समितिको मातहतमा केन्द्रीय सचिवालय गठन गरेको छ। सचिवालयमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा छन्। जुन पार्टीले अध्यक्षता गरेको हुन्छ सोही पार्टीको प्रतिनिधि सदस्यसचिव रहने व्यवस्था छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर