१० खेलाडीमा सीमित लिभरपुलको पुनरागमन जित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले पहिलो जित निकालेको छ । प्रिमियर लिगको सिजनको आफ्नो पहिलो खेलमा चेल्सीसँग अङ्क बाँडेको लिभरपुलले आज भने एएफसी बर्नमाउथलाई ३–१ गोल अन्तरले पराजित गर्दै तालिकामा स्पष्ट ३ अङ्क थप्न सफल भयो ।

लिभरपुल १० खेलाडीमा भने झरेको थियो । १ गोलले पछि परेको लिभरपुलले उत्कृष्ट पुनरागमन गरेको हो । तेस्रो मिनेटमै पाहुना टोली बर्नमाउथले अग्रता लिएको थियो । एन्टोइन सेमेन्योले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए ।

तर, २७ औँ मिनेटमा लुइस डियाजले बराबरी गोल गरेका थिए । ३६ औँ मिनेटमा मोहम्मद सलाहले पाएको पेनाल्टी बर्नमाउथका किपरले सेभ गरे पनि रिबाउन्ड बलमा सलाहले नै गोल गरेका थिए । पहिलो हाफमा २–१ को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा १ गोल थपेको थियो भने एक खेलाडी गुमाउन पुग्यो ।

५८ औँ मिनेटमा एलेक्सिस एलिस्टर रातो कार्ड पाउँदै मैदान छाडेपछि बाँकी समय लिभरपुलले १० खेलाडीले खेलेको थियो । तर, ६२ औँ मिनेटमा लिभरपुलले तेस्रो गोल गरेको थियो । डिएगो जोटाले गोल गरेका थिए । त्यसपछि थप गोल नभएपछि लिभरपुलले ३–१ को जित निकाल्दै स्पष्ट ३ अङ्क जोड्न सफल भयो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर