गाडीमा राखिएका झल्लर, डोरी, रिबन र स्टिकर हटाउन सुरु

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने गाडीमा राखिएका झल्लर, डोरी, रिबन र स्टिकर हटाउने अभियान सञ्चालन थालेको छ ।

गाडीमा राखिएका कपडाको झल्लर, डोरी र रिबन तथा स्टिकरका कारण दुर्घटना हुने भएकाले हटाउनको लागि अभियान थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गाडीमा यस्ता वस्तु भएमा हटाउन तथा अनावश्यक लेखिएका कुरा र स्टिकर हटाउन कार्यालयले आग्रह गरेको छ । गाडीमा नियमविपरीत सामग्री राखेको तथा टाँसेको पाइएमा कानुनबमोजिम कारबाही गरी सचेत गराउने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर