एमालेको प्रवृत्ति गलत : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद् बैठक नियमित अवरुद्ध गर्ने नेकपा एमालेको प्रवृत्ति गलत रहेको बताएका छन् । धनकुटामा कांग्रेस जिल्ला नीति अनुसन्धान तथा प्रशिक्षण विभागले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले जनताको आवाज राख्ने ठाउँ अवरुद्ध गर्नु गलत भएको बताउँदै कांग्रेस वा कम्युनिष्ट जो परे पनि भ्रष्टाचारको फाइल खोल्नुपर्छ भनेर आफूहरू लागि बताए ।
भ्रष्टाचारमा मुछिएका मान्छेलाई सजायको व्यवस्था हुनुपर्ने बताउँदै उनले कानुनभन्दा माथि कोही नभएको भन्दै सरकारले निरन्तर सदाचार र सुशासनको काम गर्नुपर्ने बताए । देशको सुशासन कायम गर्न कांग्रेस बलियो हुन आवश्यक रहेको बताउँदै कुनै बेला हत्या हिंसाबाट सत्ता कब्जा गर्न हिँडेका दल कांग्रेसकै बाटोमा आएको उनको भनाइ छ । महामन्त्री शर्माले कांग्रेस देशको जेठो पार्टी भएकाले देश बनाउन अन्य दलभन्दा जिम्मेवार रहेको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर