धादिङको हुग्दीखोलामा दुर्घटना हुँदा २० जना घाइते

काठमाडौँ । धादिङको हुग्दीखोलामा सवारी दुर्घटना हुँदा २० जना घाइते भएका छन् । बेनिघाट रोराङ ९ हुग्दीखोलास्थित पृथ्वी लोकमार्गमा तुल्सीपुरबाट काठमाडौँ आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस शनिबार बिहान ४ः४५ बजे आफै अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो ।

घाइते मध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ । प्रहरी चौकी जोगिमाराका अनुसार गम्भीर घाइते भएका रुकुम (पश्चिम) चौरजारी १४ बस्ने २८ वर्षीय प्रेम पुन, दाङको दांगीशरण १ बस्ने ८५ वर्षीय शिवलाल विकलाई काठमाडौँ रिफर गरिएको छ ।

सल्यान बाघचौर १० बस्ने ५० वर्षीय मानबहादुर खड्कासहित बाँकी घाइतेहरुको टिचिङ अस्पताल मलेखुमा उपचार भइरहेको छ । मलेखुमा उपचाररत सल्यान सबेश्वरी ३ बस्ने २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशिषको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पुनकी श्रीमती ३२ वर्षीय रेखा केसी पनि घाइते भएकी र उनीहरुको शरीरको विभिन्न भागमा चोट रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर