नेपाल प्रहरीका एआइजिपीहरूको सरुवा

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजिपी) हरूको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको बताइएको छ ।

उपत्यका प्रहरीको प्रमुखमा दीपक थापा सरुवा भएका छन् । यसअघि त्यहाँ रहेका श्याम ज्ञवालीको कार्य विभागमा सरुवा भएको छ । त्यस्तै प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारीको सरुवा भएको छ । दीपक थापा सरुवा भएपछि प्रशासन विभागमा मीरा चौधरी सरुवा भएकी छन् । मानव स्रोत विभागमा टेकबहादुर राईको सरुवा भएको स्रोतले जनाएको छ ।

यसैबीच काठमाडौँ ललितपुर र अपराध महाशाखाका एसएसपीहरूको सरुवाको तयारी पनि भइरहेको छ । स्रोतका अनुसार काठमाडौँमा भूपेन्द्र खत्री, ललितपुरमा दिनेश आचार्य र अपराध महाशाखामा सोमेन्द्रसिंह राठौरलाई ल्याउने तयारी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर