भोलिदेखि संसद बैठक सुचारु हुने प्रधानमन्त्रीको दावी

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबारदेखि संसद्को अवरोध हट्ने दावी गरेका छन् ।

स्व. राजवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शनिबार श्रद्धाञ्जली अर्पण गर्न गएका प्रधानमन्त्री दाहालले संसद् गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै आज पनि संसद् अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद् गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद् सुसञ्चालन हुनेमा आशावादी रहेको उल्लेख गरे ।

उनले भने, ‘हामीले निरन्तर पहल गर्दै आएको तपाइँहरूलाई थाहा छँदैछ । हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार नै उहाँ आउनुभयो र उहाँसँग कुरा भएको छ । आज बेलुकासम्म हामी प्रयास बढाउँदै छौँ । आशा छ भोलि सदन खुल्छ ।’ प्रधानमन्त्री दाहालले संसद् अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर