पपस्टार ब्रिट्नी स्पेअर्सको सम्बन्धविच्छेद

काठमाडौं ।  पपस्टार ब्रिट्नी स्पेअर्सको  पति साम अस्गरीसँग सम्बन्धविच्छेद हुने भएको छ। विवाहको १४ महिनापछि आफूहरुले सहयात्रा टुंग्याउने निर्णय गरेको अस्गरीले बताएका छन्। बुधबार उनीहरुले ‘सम्झौता गर्न नसकिने मतभिन्नता’ का कारण सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन्। स्पेअर्स ४१ वर्षकी भइन् भने अस्गरी २९ वर्षका छन्।

उनीहरुबीच सेप्टेम्बर २०२१ मा इन्गेजमेन्ट भएको थियो भने जुन २०२२ मा उनीहरुले विवाह गरेका थिए। तर, उनीहरुले साथमा ६ वर्ष बिताएका छन्। उनीहरुको विवाहमा समस्या रहेको अमेरिकी ट्याबलोइडहरुले बताउँदै आएका थिए। स्पेयर्स १६ वर्षको उमेर सुपरस्टार बनेकी थिइन्। उनको ‘बेबी वन मोर टाइम’ गीत रिलिज भएपछि उनी संसारभर लोकप्रिय भएकी थिइन्। यही अक्टोबरमा स्पेअर्सको आत्मकथा ‘दी वुमन इन मी’ प्रकाशित हुँदैछ। यो उनको तेस्रो विवाह थियो।

यसअघि उनले २००४ मा जेसन अलेक्जेन्डरसँग विवाह गरेकी थिइन्। तर, विवाह गरेको ५५ घण्टामै उनले रद्द गरेकी थिइन्। तिनै अलेक्जेन्डर २०२१ मा ट्रम्प समर्थकहरुले अमेरिकी संसदमा गरेको हुलदंगामा सामेल भएको देखिएका थिए। जसले स्पेअर्स र असगरीको विवाहमा प्रवेश गर्ने प्रयास पनि गरेका थिए। स्पेअर्सको दोस्रो विवाह र्‍यापर केभिन फेडरलाइनसँग भएको थियो। जुन ३ वर्ष टिकेको थियो। उनीहरुका दुई सन्तान पनि छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर