माओवादी केन्द्रमा दुई जना केन्द्रीय सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले दुई जना केन्द्रीय सदस्य मनोनित गरेको छ । पार्टी केन्द्रीय समितिले शुक्रबार बाबुराम गौतम र आशोककुमार मण्डललाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।

केन्द्रीय समितिको निर्णय बमोजिम गौतम र मण्डल दुबै जनालाई केन्द्रीय समितिमा मनोनित गरिएको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । गौतम कोशी प्रदेश सभामुखबाट राजीनामा दिएपछि सांसद् मात्रै हुनुहुन्छ । मण्डलले भने माओवादी परित्याग गरी २०७९ सालको प्रतिनिधि सभा चुनावमा सुनसरी १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

पार्टी परित्याग गरी स्वतन्त्र उम्मेद्वारी दिएर पराजित भएका मण्डललाई पुन: केन्द्रीय सदस्यमा मनोनित गरिएको हो । माओवादी पार्टीमा हाल चार सय ९ केन्द्रीय सदस्य, एक सय ८८ जना वैकल्पिक गरी कूल पाँच सय ९७ जना सदस्य भएका छन् । आगामी मंसिरमा माओवादी केन्द्रको विधान सम्मेलन भएपछि केन्द्रीय समिति दुई अङ्कको बनाउने तयारी छ । केन्द्रीय समिति ठुलो र भद्दा भएकोले चुस्त र व्यवस्थित कमिटी बनाउनुपर्ने माओवादीका शीर्ष नेताले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर