भारत बिहारको अररिया जिल्लामा एक पत्रकारको हत्या

काठमाडौं ।  भारत बिहारको अररिया जिल्लामा एक पत्रकारको हत्या भएको छ। हिन्दी अखबार दैनिक जागरणका स्थानीय संवाददाता विमल कुमार यादवको आज बिहान अज्ञात समूहले गोली हानी हत्या गरेको हो। हमलाकारीको समूहले पत्रकार यादवको घरमै प्रवेश गरेर आक्रमण गरेको थियो।

गोली प्रहारबाट पत्रकर यादवको घटनास्थलमै मृत्यु भएको बीबीसीले जनाएको छ। विमलका भाइको पनि चार वर्षअघि हत्या भएको थियो। उक्त घटनाको  एकमात्र प्रत्यक्षदर्शी थिए विमल। उनलाई बारम्बार आफ्नो बयान बदल्न दबाब आइरहेको थियो।

अररियाका एसपी अशोक कुमार सिंह पीटीआईसँग भने, ‘चार अपराधी बिहानै विमलकुमारको घरबाहिर आए र विमललाई बाहिर बोलाए। जब उनी बाहिर आए, अपराधीहरु गोली हानेर फरार भए। उनको घटनास्थलमै मृत्यु भएको छ।  अपराधीलाई पक्राउ गर्न प्रहरी प्रयासरत छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर