क्यानडामा डढेलो, नागरिक विस्थापित हुनेक्रम बढ्दो

काठमाडौं । क्यानडाको उत्तरी सहर यलोनाइफको बाहिरी क्षेत्रमा डढेलो फैलिएको छ । त्यहाँबाट नागरिक विस्थापित हुनेक्रम बढ्दो छ । डढेलोबाट जोगिन हजारौँ मानिस सुरक्षित ठाउँमा लाग्दा स्थानीय विमानस्थल र सहरबाट बाहिरिनेले सडकमा भीड बढेको छ ।

आपत्कालीन सैन्य उद्धार उडानका लागि पनि सयौँ मानिस लामबद्ध भएका छन् । यलोनाइफका बीस हजारभन्दा धेरै मानिसलाई आज दिउँसोसम्म त्यहाँबाट निस्कन समयसीमा तोकिएको छ । डढेलो सहरको १६ किलोमिटर नजिकसम्म फैलिसकेको बीबीसीले जनाएको छ ।

हावाहुरीका कारण आगो यलोनाइफतर्फ फैलिन सक्ने क्षेत्रीय अग्नि नियन्त्रण सेवासम्बन्धी निकायले चेतावनी दिएको छ । क्यानडामा यसवर्ष डढेलोको सबैभन्दा खराब अवस्था छ । विज्ञहरूले तापमान र सुक्खालाई यसको मुख्य कारक मानेका छन् । जलवायु परिवर्तनका कारण बढेको तापमान र सुक्खा मौसमका कारण डढेलो लाग्ने जोखिम थप बढेको छ । –एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर