सिन्दूरे जात्राबाट रंगिएको मध्यपुर थिमि शहर

भक्तपुर । भक्तपुरको बिस्का जात्राअन्तर्गत शनिबार मध्यपुर थिमिमा सिन्दूर जात्रा हर्षोल्लासका साथ मनाइएको छ । थिमि शहरको भित्री र बाहिर भागमा उत्साह उमंगका साथ मनाइने सिन्दूरे जात्रामा के वृद्ध के युवती के बालक सबै पुस्ताको उल्लेख्य सहभागिता थियो । सिन्दूर जात्राले थिमि शहर पूरै रंगिएको छ । जात्रा हेर्न थिमि वरपर र भक्तपुर, काठमाडौं र पाटनबाट श्रद्धालु भक्तजनहरूको उपस्थिति बाक्लो थियो ।
जात्रामा असहज नहोस् भन्नाका लागि स्वयंसेवकलगायत ठाउँ–ठाउँमा स्वास्थ्योपचारको पनि व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर