चार्टर्ड विमान सडकमा खस्दा कार र मोटरसाइकलमा सवारसहित १० जनाको मृत्यु

काठमाडौं ।  मलेसियामा एक चार्टर्ड विमान दुर्घटनामा परेका छ । विमान सुल्तान अब्दुल अजिज शाह विमानस्थलनजिकको सडकमा दुर्घटना भएको हो ।

बिहीबार दिउँसो क्वालालम्पुरस्थित लंकावी अन्तर्राष्ट्रिय विमानस्थलबाट सेलांगोरका लागि उडेको निजी जेट विमान सडकमा खस्दा १० जनाको मृत्यु भएको छ । ६ यात्रु, २ चालक दलका २ सदस्य र मोटरसाइकल र कारमा सवार दुई गरी १० जनाको मृत्यु भएको  सिएनएनले जनाएको छ । विमान दुर्घटना भएपछि सडकमा गुडिरहेका कार र मोटरसाइकलसँग ठोक्किएको थियो । दुर्घटना हुनुपूर्व स्थानीय समयअनुसार दिउँसो २ः४७ बजे सुबङ एअर ट्राफिक कन्ट्रोल टावरसँग उक्त विमानको सम्पर्क भएको थियो । एटिसीले २ः४८ मा अवतरण गर्न भने पनि निर्धारित समयमा विमान अवतरण भएको थिएन ।

पछि २ः५१ बजे विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । दुर्घटनाको अनुसन्धान मलेसियाको यातायात मन्त्रालयको नेतृत्वमा हुने बताइएको छ । -एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर