‘साम्बा’ को डेब्यु खेलमै गोल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य ‘फरवार्ड’ सावित्रा भण्डारी ‘साम्बा’ले डेब्यु खेलमै गोल गर्दा हापोएल रानानाले अथेना कपको नयाँ सिजनमा विजयी शुरूआत गरेको छ । बुधवार राति भएको खेलमा ‘साम्बा’को गोलको मद्दतले रानानाले हादेरालाई २–० गोल अन्तरले हराउँदै विजय शुरूआत गरेको हो ।

रानानाका लागि आदि गोल्डेन र साम्बाले १-१ गोल गरे । अथेना कपमा शीर्ष डिभिजनको लिग खेल्ने ८ टोलीको सहभागिता छ। इजरायली लिग खेल्न साम्बा करिब दुई साता अघि त्यहाँ पुगेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर