डोटी शिखरका मेयरले कुटे आफ्नै पिएलाई

काठमाडौं । डोटीको शिखर नगरपालिकाका प्रमुख (मेयर) दीर्घ बहादुर बलायरले आफ्ना स्वकीय सचिव (पीए)माथि कुटपिट गरेका छन्। मेयर बलायरको कुटपिटबाट स्वकीय सचिव राजेश ठगुन्ना घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको बताइएको छ।
केही समयदेखि बिग्रेर थन्किएको एम्बुलेन्स मर्मतको विषयलाई लिएर मेयर र उनका स्वकीय सचिव ठगुन्नाबीच विवाद भएको बताइएको छ। नाताले काका–भतिजा पर्ने उनीहरुबीच नगरपालिकाको गहनान क्षेत्रमा हात हालहाल भएको बताइएको छ।
प्रतिक्रिया