दोरम्बा काण्डको स्मृतिसभाका लागि प्रधानमन्त्री रामेछापमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार रामेछाप पुगेका छन् । नेकपा माओवादी केन्द्र, दोरम्बा शैलुङ गाउँपालिका सङ्गठन समितिले डाडाँकटेरीमा आयोजना गरेको २० औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेका हुन् ।

दाङको हापुरेमा सरकार र माओवादीबीच शान्ति वार्ता भइरहेको बेला २०६० साउन ३२ गते दोरम्बामा माओवादीका २१ जना नेता कार्यकर्ताको हत्या भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर