दुर्घटना न्यूनीकरणका लागि उडानमा प्रतिवन्ध

काठमाडौं ।  नेपाल नागरिक उडड्यन प्राधिकरणले कर्णालीमा मनसुन अवधिको लागि प्रतिबन्ध लगाएको हवाई उडान पूर्वाग्रह राखेर नगरेको बताएको छ। प्राधिकरणले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाज पहाडमा ठोक्किएर धेरै दुर्घटना भएको कारण हवाई सुरक्षा नीति अनुसार मनसुन अवधिभरका लागि प्रतिबन्ध लगाएको बताएको छ।

कर्णालीका विमानस्थलहरूमा पूर्णरुपमा हवाई उडान प्रतिबन्ध लगाएको नभएर बढी हावा चल्ने समय १२ बजेपछि उडान गर्न नदिएको जानकारी प्राधिकरणले दिएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दुर्घटना न्यूनीकरणका लागि यस्तो निर्णय गरेको बताए। दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरू पहाडमा ठोकिएर धेरै दुर्घटना हुने गरेको उनको भनाइ छ।

विमानस्थलहरूलाई आईएफआर नबनाउँदासम्म मनसुन अवधिमा तोकेको अवधिमा मात्रै उडान गर्ने साउन १९ गते प्राधिकरणले निर्णय गरेको जानकारी उनले दिए। जल तथा मौसम विज्ञान विभागको अध्ययन र विमानस्थल निर्देशिका साँझ हुँदा पाइलटहरूलाई काठमाडौं,नेपालगञ्ज फर्कन हतार हुने र हतारमा उडानको सुरक्षा कमी हुने गरेको भनाइ उनको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर