स्टार क्रिकेटर स्टोक्सको संन्यास फिर्ता

काठमाडौं ।  इंग्ल्यान्डका संटार क्रिकेटर बेन स्टोक्सले संन्यास फिर्ता लिएका छन्। आगामी विश्वकपलाई लक्षित गर्दै उनलाई संन्यास फिर्ता लिन लगाइएको हो। बुधबार इंगल्यान्डले १५ सदस्यीय विश्वकप टोली घोषणा गर्दा उनी समेत समेटिएका छन्।

स्टोक्सले एक वर्षअघि सन २०२२ मै एकदिवसीय क्रिकेटबाट संन्यास लिएका थिए। १५ सदस्यीय अस्थायी टिममा ह्यारी ब्रुक र जोफ्रा आर्चरजस्ता खेलाडी परेका छन्। आर्चर चोटग्रस्त छन्। उनी निको हुने सम्भावना कम रहेपछि टिम बाहिरै राखिएको हो। छनोटकर्ता ल्युक राइछले रिजर्भ खेलाडीका रुपमा मात्रै आर्चर टिमको हिस्सा रहने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर