लाल आयोगको प्रतिवेदन सार्वजनिक गर : रेशम चौधरी

काठमाडौं । थरुहट आन्दोलनका नेतृत्वकर्ता तथा नागरिक उन्मुक्ति पार्टीका सं‌रक्षक रेशम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। बुधबार सर्वोच्च अदालतले रेशमसहित टीकापुर घटनाको मुद्दाको अन्तिम फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्।

प्रतिवेदन सार्वजनिक नगरे सडक, सदन र सरकारमा आन्दोलन गर्ने चेतावनी उनले दिएका छन्। ‘सबैकुरा मैले बोल्नैपर्छ भन्ने छैन, अन्तरंग सबै कुराले हामीमाथिको व्यवहार पुष्टि गर्छ। हामीले सबै कुरा सह्यौँ, सहिराखेका छौँ तर कहिलेसम्म सहने?’ बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, ‘हाम्रो विशुद्ध राजनीतिमा घुसपैठ गराएर अझै पुनः हाम्रै मान्छे प्रयोग गरेर हामीलाई अलग्याउन खोज्नु कदापि राम्रो होइन।’ उनले समय आए सबै प्रकारको सामना गर्न आफू तयार रहेको बताएका छन्।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर