एमालेद्वारा लेखा समितिको बैठक बहिष्कार

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले सार्वजनिक लेखा समिति बैठक बहिष्कार गरेका छन् । समितिको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर, एमाले सांसदहरु उपस्थित नहुँदा कोरम पुग्न सकेन ।

अन्य दलका सांसदहरुले भने झण्डै ४५ मिनेटसम्म एमालेका सांसदलाई समितिको बैठकमा कुरेका थिए । तर, एमाले सांसद उपस्थित नभएपछि समितिका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठक स्थगित भएको जानकारी दिए । समितिको सभापति चयन नगरिएकोले एमालेले बैठक बहिष्कार गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर