पोखराको फिर्केखोलाको सीमांकन धमाधम

काठमाडौं । कास्कीको पोखरास्थित बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको सीमांकन अन्तिमचरणमा पुगेको छ । पोखरा महानगरपालिकाले खोलाको प्राकृतिक बहाव पत्ता लगाउने उद्देश्यले गत साउन ३ गतेदेखि सीमांकन गर्न सुरु गरेको थियो । वडा नम्बर १७ बैदामस्थित गाईघाटबाट सुरु गरिएको सीमांकन वडानं १८ बेँसीटोल पुगेको छ ।
यस कार्यको नेतृत्व गरिरहेका महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलका अनुसार हालसम्म सीमांकन भएको क्षेत्रमा पाँच सय बढी पिलर तथा चिह्न खोलाको दायाँबायाँ गाडिएका छन् । उनले भने, “फिर्के खोलाको सीमांकनको काम अब धेरै बाँकी छैन । हामी छिट्टै यसलाई सम्पन्न गर्दछौं ।” सर्वेक्षक पौडेलका अनुसार अब पाँच सय मिटर क्षेत्रमा मात्र काम बाँकी रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर