आईपीएल – आज दुई खेल हुँदै
काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ ।
१६ औं संस्करणको आईपीएलको आजको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोर र दिल्ली क्यापिटल्सबीचमा खेल हहुँदैछ ।
बेंग्लोरको घरेलु मैदान एम चेन्नास्वामीमा यो खेल अपरान्ह पौने ४ बाट सुरु हुनेछ ।
चौथो खेल खेल्दै गरेको बेंग्लोर दोस्रो जितको खोजीमा रहेको छ । बेंग्लोरले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो ।
बेंग्लोर दोस्रो खेलमा कोलकत्ता र तेस्रो खेलमा लखनउ सुपर जायन्ट्ससँग पराजित भएको थियो ।
पहिलो खेलमा लखनउ सुपर जायन्ट्ससँग र दोस्रो खेलमा गुजरात टाईटन्ससँग पराजित भएको थियो ।
तेस्रो खेलमा मुम्बई इन्डियन्ससँग पराजित दिल्ली पहिलो जितको खोजीमा रहेको छ ।
यी दुई टोली बीचमा भएका पछिल्ला पाँच खेलमा तीनमा बेंग्लोर र दुईमा दिल्ली विजयी भएका छन् ।
बेंग्लोरको टोलीमा वानिन्दु हसरंगा उपलब्ध भईसकेकाले उनले आजको खेल खेल्ने प्रवल सम्भावना रहेको छ ।
आफ्नो विवाहका लागि अष्ट्रेलिया गएका कारण गएको दुई खेल गुमाएका मिचेल मार्श समेत दिल्लीको टोलीमा उपलब्ध भईसकेका छन् ।
आज नै हुने दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र पन्जाब किग्स खेल्दै छन् ।
लखनउको घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा खेल बेलुका पौने ८ मा सुरु हुनेछ ।
लखनउ र पन्जाब दुवैको यो पाँचौ खेल हो । लखनउले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दा दोस्रो खेलमा चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो ।
तेस्रो खेलमा सनराईजर्स हैदराबाद तथा चौथो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गरेको लखनउ चौथो जितको खोजिमा रहेको छ ।
पन्जाबले पहिलो र दोस्रो खेलमा कोलकत्ता नाइट राईडर्स र राजस्थान रोयल्सलाई हराएको थियो ।
तेस्रो र चौथो खेलमा सनराईजर्स हैदराबाद र गुजरात टाईटन्ससँग पराजित पन्जाब तेस्रो जितको खोजीमा रहेको छ ।
दुई टोलीबीच अहिलेसम्म १ खेल भएको छ । जसमा लखनउ अपराजित रहेको छ ।
भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ । एजेन्सी