आर्चर वैकल्पिक खेलाडीको रुपमा रहने
काठमाडौं । इङ्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले आउँदो अक्टोबर/नोभेम्बरमा हुने एकदिवसीय विश्व कप गुमाउने भएका छन् । इङ्ल्यान्डका छनोटकर्ता ल्युक राइटले आर्चर भारतमा हुने विश्व कपमा वैकल्पिक खेलाडीको रुपमा रहने जनाएका छन् ।
इङ्ल्यान्डलाई सन् २०१९ को एकदिवसीय विश्व कप उपाधि जिताउन आर्चरले शानदार प्रदर्शन गरेका थिए । आर्चर लामो समयपछि गएको जुनमा टोलीमा फर्किएका थिए । दायाँ हातको कुइनोमा चोट लागेपछि उनी डेढ वर्ष मैदान बाहिर थिए । आर्चरले गएको मार्चमा बङ्गलादेशसँगको एकदिवसीय र टी–२० शृङ्खला खेलेका थिए ।
प्रतिक्रिया