डेंगुबाट १० जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या १४ हजार

काठमाडौं । डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा १४ हजार ३५७ जनामा पुष्टि भएको छ । १० जना सङ्क्रमितको मृत्यु भएको जानकारी उनले दिए ।

डा. मरासिनीका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । सो प्रदेशमा १० हजार ८१३ जनामा डेंगु पुष्टि भएको छ । यसैगरी, बागमती प्रदेशमा दुई हजार ९, गण्डकी प्रदेशमा ६०३, सुदूरपश्चिम प्रदेशमा ४५१, लुम्बिनी प्रदेशमा ३०७, मधेश प्रदेशमा १३५ कर्णाली प्रदेशमा ३९ जनामा डेंगु पुष्टि भएको छ । सङ्क्रमितमध्ये ८९ प्रतिशत डेंगु सङ्क्रमित १० जिल्लाबाट छन् ।

सुनसरी जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित पुष्टि भएका छन् । सुनसरीमा सात हजार ४४९, मोरङमा एक हजार ६७६, धादिङमा एक हजार ३२०, कास्कीमा २४९, दार्चुलामा १९४, झापामा ९१३, काठमाडौंमा १९९, सङ्खुवासभामा १७६, तनहुँमा १३० जनामा डेंगु पुष्टि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर