डुंगा पल्टिँदा ६० जनाभन्दा बढीको मृत्यु

काठमाडौं । पश्चिम अफ्रिकाको केप भर्डेको तटमा आप्रवासीहरूको डुंगा पल्टिँदा ६० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले १२ देखि १६ वर्षका बालबालिकासहित ३८ जनाको उद्धार गरिएको जनाएको छ ।

उक्त डुंगामा करिब १०० जना सवार थिए, जसमध्ये अधिकांश सेनेगल र सियरा लियोनका थिए र एक महिनादेखि समुद्र यात्रा गरिरहेका थिए। यो दुर्घटना कहिले भएको हो भन्ने अझै खुलेको छैन। प्रहरीले एएफपी समाचार एजेन्सीलाई बताएअनुसार जहाज पहिलोपटक सोमबार देखिएको थियो। प्रारम्भिक रिपोर्टहरूले डुंगा डुबेको देखाएका छन्।  सेनेगलको विदेश मन्त्रालयले मङ्गलबार ढिला जारी गरेको विज्ञप्तिमा उक्त डुंगा १०१ जना यात्रु लिएर सेनेगलबाट जुलाई १० मा प्रस्थान गरेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर