यज्ञमती र चखुँचाखोला खोल्ने कार्य जारी

काठमाडौं । काठमाडौं महानगरपालिका–६ स्थित चखुँचाखोला बुधबारसम्ममा सात सय मिटरभन्दा बढी खोलिएको छ ।
महानगरपालिका–६ का वडाध्यक्ष भुवन लामाका अनुसार अर्को साताबाट ढल हाल्ने कार्य सुरु हुन्छ । उनले भने, “त्यसपछि बाटो निर्माण कार्य सुरु हुन्छ । बूढानीलकण्ठ नगरपालिकातर्फ पनि सडक र ढल निर्माणमा महानगरले सहयोग गर्नेछ ।”

वडाध्यक्ष लामाले दायाँबायाँ बाटो निर्माणका लागि अतिक्रमण गरी बनाइएका संरचना बूढानीलकण्ठ नगरपालिकाले हटाएपछि ढल र सडक बनाउने बताउनुभयो । बीचमा खोला, दुवै किरानामा सडक रहने, छेउमा फूल रोप्ने, सुन्दर, हराभरा बनाउने कार्य महानगरले गर्नेछ । पहिलो चरणमा आरम्भचोकस्थित बक्स कल्भर्ट बनेको ठाउँसम्म खोला कायम गरिसक्ने र धोबीखोलादेखि नै सडक निर्माण सम्पन्न भएपछि दोस्रो चरणमा बाँकी काम अघि बढाइने भएको छ ।
बूढानीलकण्ठ नगरपालिका–१२ का अध्यक्ष शम्भुप्रसाद भट्टराईले आरम्भचोकसम्म कल्भर्ट निर्माण भएकाले यज्ञमती र चखुँचाखोला खोलेपछि आवश्यकता अनुसार सबै कुरा व्यवस्थित गरेर जाने नै योजना रहेको बताए ।

स्थानीय सावित्री खड्का बोगटीले यज्ञमती र चखुँचाखोला खोलिएपछि काठमाडौं महानगरभन्दा पनि बूढानीलकण्ठ नगरपालिकास्थित कपनका बासिन्दालाई राहत पुग्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर