एनसेल एपमा ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता शुरु

काठमाडौं ।  एनसेल आजियाटा लिमिटेडले अहिले सञ्चालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता शुरु गरेको छ ।

प्रतियोगिता अन्तर्गत सहभागी ग्राहकहरुले साप्ताहिक रुपमा र ईपीएल सिजनको अन्त्यमा तीन जनाले मुख्य पुरस्कार अर्थात् ‘ग्रान्ड प्राइज’ जित्ने मौका पाउँछन् ।

सहभागी एनसेल एप प्रयोगकर्ताहरुले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्नुपर्नेछ । प्रतियोगितामा भाग लिन प्रयोगकर्ताहरूले एपमा लगइन गरी एपको माथिल्लो दायाँ कुनामा रहेको ह्यामबर्गर आइकनमा गएर प्रेडिक्ट एन्ड विनभित्र गइ आवश्यक विवरणहरु भरेर खेलको पूर्वानुमान गरेर अङ्कमा नतिजाहरु साप्ताहिक रुपमा भर्न सक्छन् ।

ग्राहकहरुलाई साप्ताहिक रुपमा बोनस प्रश्न पनि सोधिने छ जसबाट १० अङ्क सङ्कलन गर्न सकिन्छ र सही उत्तरमा केही पुरस्कार पनि प्राप्त गर्न सकिन्छ । पहिलो तथा मुख्य पुरस्कार विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइसका साथ १२ महिनासम्म प्रत्येक महिना दुई सय ५० जीबी डेटा सेवा पाउनेछन् । दोस्रो पुरस्कार विजेताले भने छ महिनासम्म निःशुल्क वायरफ्री डिभाइसका साथ प्रत्येक महिना दुई सय ५० जीबी डेटा सेवाको फाइदा लिन सक्नेछ । त्यसै गरी तेस्रो विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइस र प्रति महिना दुई ५० जीबी डेटा तीन महिनासम्म पाउनेछ ।

साथै विजेताहरूलाई उनीहरूको मनपर्ने टोलीको होम जर्सी र क्लबका सामानहरू पनि प्रदान गरिनेछ । यो प्रतियोगिता ईपीएल सिजनको अन्त्य नभए सम्म अर्थात् १९ मे २०२४ (जेठ ६, २०८१) सम्म चल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर