मच्छिन्द्र मोहन बगान सुपर जायन्टसँग पराजित

काठमाडौं ।  एएफसी कप छनोटमा नेपालको मच्छिन्द्र फुटबल क्लब भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएको छ ।

कोलकाताको साल्ट लेक रङ्गशालामा हिजो भएको खेलमा मच्छिन्द्र क्लब मोहन बगानसँग ३–१ गोलले पराजित भयो । यो हारसँगै मच्छिन्द्र क्लब एएफसी कप छनोट चरणबाटै बाहिरिएको छ । मोहन बगानका अनवर अलीले २ तथा जेसन कमिङ्ग्सले १ गोल गरे । मच्छिन्द्रका लागि मेसुके ओलोमोउले एक गोल गरे ।

मच्छिन्द्रले पहिलो चरणमा भुटानको पारो एफसीलाई ३–२ गोलले हराउँदै दोस्रो चरणमा पुगेको थियो । ‘ए’ डिभिजन लिग फुटबलको च्याम्पियन चर्च ब्वाइजसँग क्लब लाइसेन्स नभएकै कारण उपविजेता मच्छिन्द्रले मौका पाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर