राष्ट्रपति पौडेल र विपक्षी नेता ओलीबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीबीच संसद्को अवरोधका बारेमा छलफल भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज बुधबार भएको भेटमा संसद्को गतिरोधबारे छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले संसद्को गतिरोध खुलाउन चासो दिँदै एमाले अध्यक्ष ओलीसँग छलफल गरेका हुन् । राष्ट्रपतिको आमन्त्रणमा ओली शीतल निवास पुगेका थिए । भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा नागरिकमा नैराश्यता बढ्ने र संसद्प्रति नै नागरिकमा नकारात्मक प्रभाव पर्ने भएकाले संसद्को गतिरोध अन्त्य गर्न ओलीको ध्यानाकर्षण गराएका थिए ।

सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै एमालेले तीन हप्तादेखि सङ्घीय संसद् चल्न दिएको छैन । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई भेटेर संसद् सञ्चालन विषयमा सहजीकरण गरिदिन आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर