न्युजिल्यान्डमाथी पाकिस्तानको सानदार जित

काठमाडौं । घरेलु टोली पाकिस्तानले न्युजिल्यान्डलाई पहिलो टी-ट्वान्टीमा पराजित गरेको छ ।

पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको पाहुना टोलीले पहिलो खेलमा ८८ रनको फराकिलो हार व्यहोरेको हो ।

पाकिस्तानको लाहोरमा शुक्रबार राती भएको पहिलो खेलमा जित हात पारेसँगै घरेलु टोलीले पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

घरेलु टोलीले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले १५ दशमलब ३ ओभरमा अलआउट हुदै ९४ रन मात्र बनायो ।

पाहुना टोलीका लागि मार्क च्यापम्यानले २७ बलमा सर्वाधिक ३४ रन बनाए । कप्तान टम लाथमले २० तथा जेम्स निशमले १५ रन बनाए ।

ड्यारिन मिचेलले ११ रन बनाउँदा भ्रमणकारी टोलीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

घरेलु टोलीका लागि हरिस रउफले ३ दशमलम ३ ओभरमा १८ रन खर्चिएर ४ विकेट लिए ।

इमाद वासिमले २ तथा सादब खान,जमान खान,शाहिन शाह अफ्रिदी र फहिम अशरफले समान १-१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले १९ दशमलब ५ ओभरमा अलआउट हुदै १ सय ८२ रन बनाएको थियो ।

घरेलु टोलीका लागि सइम अबुइ र फकर जमानले समान ४७-४७ रन बनाउँदा फहिम अशरफले २२ रन बनाए ।

इमाद वासिम १६ रनमा आउट हुँदा हरिस रउफ ५ बलमा ११ रन सहित अविजित रहे ।

पाहुना टोलका लागि म्याट हेनरीले ३ तथा बेन लिस्टर र एडम मिल्नेले समान २-२ विकेट लिए ।

दुई राष्ट्रबीचको दोस्रो टीट्वान्टी अन्तराष्ट्रिय खेल शनिबार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर