आँखा पाकेका विद्यार्थीलाई घरमा आराम गर्न सल्लाह

काठमाडौं । काठमाडौं महानगरपालिकाले आँखा पाकेका विद्यार्थीलाई घरमा आरामको व्यवस्था मिलाउन आग्रह गरेको छ । महानगरको शिक्षा विभाग प्रमुख सीताराम अधिकारीका अनुसार विद्यार्थीमा आँखा पाक्ने सरुवा रोगको समस्याका कारण विद्यालय सञ्चालनमा समस्या भएको जानकारी विभिन्न सरोकारवाला निकायबाट प्राप्त भएको जानकारी दिए ।

उनले यो सरुवा रोग भएकोले रोकथामका लागि सरसफाइमा ध्यान दिनुका साथै आँखा पाकेका विद्यार्थीलाई घरमा नै आराम गर्न लगाउने र पठनपाठन छुटेका विद्यार्थीका लागि पछि थप कक्षाको व्यवस्था गर्न आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर