सुन तस्करीमा धमाधम चिनियाँ पक्राउ पर्दै

काठमाडौं । सुन तस्करी प्रकरणमा थप ४ जना चिनियाँ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरुलाई बुधबार काठमाडौँबाट पक्राउ गरेको हो । साउनमा बरामद भएको ६० किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका ४ जनाको नाम भने प्रहरीले खुलाएको छैन ।

उनीहरुलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई अनुमति मागेको छ । यसअघि यही प्रकरणमा १७ जना पक्राउ परिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर