सार्वजनिक सवारीसाधनको भाडा बढ्यो

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा बढाएको छ । इन्धनको भाउ बढेको भन्दै विभागले सार्वजनिक सवारीको भाडा बढाएको हो ।

यातायात व्यवस्था विभागका अनुसार यहि साउन ३१ गतेदेखि लागू हुनेगरी सरकारले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्मले भाडा वृद्धि गरिएको हो । सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालितरुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था छ ।

साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने यात्रुवाहक सवारी साधनमा ४.७० प्रतिशतले, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.८३ प्रतिशतले वृद्धि गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर