कोशीमा गणितीय राजनीति : ज्येष्ठ सदस्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । मुख्यमन्त्री उद्धव थापाले मण्डललाई आज उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री थापाले यसअघि सभामुखबाट राजीनामा दिएका माओवादीका बाबुराम गौतमलाई आर्थिक मामिलामन्त्रीमा नियुक्त गरेपछि कोशी प्रदेश सभामुखविहीन छ ।

उपसभामुख सिर्जना दनुवारको राजीनामा आएमा ज्येष्ठ सदस्यका हैसियतमा मण्डलले प्रदेश सभा बैठक सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्थालाई टार्नका लागि गठबन्धनले रणनीतिक रुपमा मण्डललाई राज्यमन्त्री बनाएको हो । विश्वासको मत लिने दिन उपसभामुख दनुवार अनुपस्थित भएमा ज्येष्ठ सदस्यको हैसियतमा मण्डलले बैठक चलाउनुपर्ने थियो । यस्तो हुँदा मुख्यमन्त्री थापालाई ४६ मात्रै सांसदको समर्थन मिल्थ्यो । बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ ।

यही अवस्था बुझेर सत्ता गठबन्धनले मण्डललाई मन्त्री बनाएको हो । तर मुख्यमन्त्री थापाले विश्वासको मत पाउन सक्ने निश्चित छैन । मण्डल मन्त्री भएपछि अब प्रदेशसभामा ज्येष्ठ सदस्य एमालेका रोहितबहादुर कार्की रहेका छन् । मुख्यमन्त्री थापालाई विश्वासको मत पाउनबाट रोक्न एमालेले दनुवारलाई उपसभामुखबाट राजीनामा गराउन र ज्येष्ठ सदस्य कार्कीलाई बैठकमा अनुपस्थित गराउन सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर