हैदराबादको लगातार दोस्रो जित

काठमाडौं । सनराईजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा लगातार दोस्रो जित हात पारेको छ।

चौथो खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा शुक्रबार राती इडन गार्डेनमा भएको खेलमा हैदराबादले कोलकत्ता नाइट राईडर्सलाई २३ रनले पराजित गरेको हो ।

हैदराबादले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन बनायो।

कोलकत्ताका कप्तान नितिश राणा र रिंकु सिंहले सानदार अर्धशतक बनाए पनि टिमको हार टार्न भने सकेनन् ।

कप्तान राणाले ४१ बलमा ५ चौका र ६ छक्कासहित ७५ रनको बनाउँदा रिंकु सिंह ३१ बलमा ४ चौका र ४ छक्कासहित ५८ रनमा अविजित रहे ।

छैटौं विकेटका लागि रिंकु र राणाले ६९ रनको साझेदारी गरेका थिए ।

ओपनर नारायण जगदीशनले २१ बलमा ३६ रनमा आउट भए । चौथो विकेटका लागि जगदीशन र कप्तान राणाले ६२ रनको साझेदारी गरेका थिए ।

शार्दुल ठाकुर १२तथा वेंकटेश ऐर १० रनमा आउट भए ।

हैदराबादका लागि मार्को यानसन र मयंक मारकान्डेले समान २र२ विकेट लिए । ।

भुवनेश्वर कुमार,टि नटराजन र उमरान मलिकले समान ११ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रन बनायो ।

हैदराबादका लागि ओपनर ह्यारी ब्रुकले ५५ बलमा १२ चौका र ३ छक्कासहित अविजित १ सय रनको शतकीय ईनिङ खेले । ह्यारीले ५५ बलमा आफ्नो शतक पूरा गरेका थिए ।

१३ करोड २५ लाखमा हैदराबादमा आबद्ध इंग्ल्यान्डका युवा क्रिकेटर ब्रुकले आईपीएलमा पहिलो शतक प्रहार गरेका हुन् ।

यस अघि भएका तीन आईपीएल खेलमा उनले दुईमा १३र१३ तथा एकमा ३ रन बनाएका थिए ।

कप्तान एडेन माक्ररमले २६ बलमा २ चौका र ५ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले ।

अभिषेक शर्माले १७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए ।

हेनरिक क्लासेनले ६ बलमा अविजित १६ रनमा बनाए ।

कोलकत्ताका लागि आन्द्रे रसलले ३ तथा वरुण चक्रवर्तीले १ विकेट लिए ।

चौथो खेलमा दोस्रो जित हात पारेको हैदराबाद १० टोली सहभागी लिगको सातौं स्थानमा रहेको छ ।

चौथो खेलमा दोस्रो हार व्यहोरेको कोलकत्ता ४ अंकका साथ चौंथो स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर