रजनीकान्तको फिल्म ‘जेलर’को कमाइ ४ सय करोड नाघ्यो

काठमाडौं । सुपरस्टार रजनीकान्त फिल्म ‘जेलर’ का कारण धेरै दिनदेखि चर्चामा थिए। रिलिज हुनुअघि नै यो फिल्मको अग्रिम बुकिङ भइसकेको थियो। योसँगै फिल्म रिलिज भएपछि ‘जेलर’ हेर्ने दर्शकको संख्या धेरै छ। रिलिजसँगै रजनीकान्तको फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको छ। फिल्मले पहिलो दिन ४८.३५ करोड कमाएको छ। दोस्रो दिन २५ करोड कमाएको थियो। दुवै दिनमा तमिल भाषा सङ्कलन सबैभन्दा बढी थियो।
तेस्रो दिन ३४ करोड कमाएको छ। चौथो ४२ करोडको हाराहारीमा छ। फिल्मले पाँचौं दिन २८ करोड कमाएको छ। सक्निल्कको रिपोर्टअनुसार फिल्मले छैटौं दिन अर्थात् मंगलबार ३८ करोड रुपैयाँ कमाउने अनुमान छ।
प्रतिक्रिया