शेयरबजार घट्ने क्रम जारी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ३१.८० अंकले घटेर दुई हजार ४५ दशमलब ४४ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज दुई अर्ब १५ करोड ७३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका २० कम्पनीको शेयरमूल्य बढेको छ भने २०१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज हिमालयन डिष्ट्रिलरी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७.६९ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडकोे भएको छ । यस कम्पनीको आज २० करोड ५५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर