काठमाडौंमा भारतीय स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले आफ्नो ७७औँ स्वतन्त्रता दिवस मनाएको छ । काठमाडौँस्थित भारतीय राजदूतावासमा मङ्गलबार ७७ औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो ।

स्वतन्त्रता दिवसको सो अवसरमा भारत सरकारको तर्फबाट दूतावासले भारतीय झण्डा फहराएर कार्यक्रम सुरु गरेको थियो । कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिएको सन्देश भिडियोको माध्यमबाट प्रस्तुत गरिएको थियो । कार्यक्रममा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीका परिवारलाई समेत सम्मान गरिएको थियो ।

उनीहरूलाई भारत सरकारको तर्फबाट भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरूको सम्मानमा गीत, सङ्गीत र नाच प्रस्तुत गरिएको थियो । स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त नेपाली परिवारलाई आर्थिक सहयोगसहित खाद्यान्न, कपडाहरू पनि वितरण गरिएको थियो । स्वतन्त्रता दिवसको अवसरमा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीहरूको सम्मानका लागि भारतीय राजदूतावासमा नाचगान, वाद्यवादनसहित कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर