५५ हाते लिंगो उभ्याउने र ढाल्ने कार्य विधिपूवर्क सम्पन्न

भक्तपुर । विश्व प्रसिद्ध भक्तपुरको ऐतिहासिक बिस्का जात्राको लिंगो शुक्रबार विधिपूर्वक ढालिएको छ ।

५५ हाते लिंगो बुधबार (३० चैत २०७९) साँझ ठड्याइएको थियो । बिस्का जात्राअन्तर्गत लिंगो ठड्याउने र ढाल्नेलाई प्रमुख कार्य मानिन्छ ।
यसपटकको बिस्का जात्रामा चैत २७ गते केही उपद्रवकारीहरूको हुलहुज्जतबाहेक अन्य अनिष्टसूचक कुनै घटना भएन । लिंगो उभ्याउने र ढाल्ने जात्रा हेर्न असंख्य नरनारीको घुइँचो लागेको थियो । लिंगो ढाल्नेसँगै भक्तपुरमा बुधबार गरिएका देवदेवीको जात्रा पीठबाट घर फर्काउने गरिन्छ ।

लिंगो समयमा नै उठाउन नसकेको खण्डमा मुलुकमा अनिष्ट निम्तिने स्थानीय बुढापाकाहरूको अड्कल रहेको छ । तर यसपटक त्यस्तो  कुनै विलम्ब कार्य नभई पाँचौ दिनसम्मको जात्रा परम्परा र विधिपूर्वक भएको छ । भक्तपुरमा बिस्का जात्रा आठ रात नौ दिनसम्म मनाउने परम्परा रहिआएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर