जिप दुर्घनामा ४ जनाको मृत्यु

काठमाडौं । मुगुमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ। मुगुको सोरु गाँउपालिकाको सोरुकोटबाट जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप दिउँसो दुर्घटनामा परेको थियो। सोरु गाँउपालिका–६ सिपपहिरो भन्ने स्थानमा भएको दुर्घटनामा २ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो। दुर्घटनामा ७ जना गम्भीर घाइते भएका थिए।
मृत्यु हुनेमा हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपगाउँका राम परियार (क) र सोही ठाउँका राम परियार (ख), प्रकाश बोहोरा र पिउस परियार रहेका जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी महेश बस्नेतले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर