कोशीमा बहाव घटे पनि डर, त्रास कायमै

काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन गरिएसँगै सप्तकोशी कोरिडोर आसपास क्षेत्रमा बसोबास गर्ने स्थानीयमा डर र त्रासले डेरा जमाउन थालेको छ । सोमबार बिहान ४ बजे ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव भएपछि कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको थियो ।

ढोका खोलिएपछि पानीको बहाव घट्दै गएको कोशी ब्यारेज कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताए । सोमबार बिहान कोशीमा पानीको बहाव उच्च मापन भएपछि स्थानीयमा त्रास फैलिएको हो । वर्षायाममा बगेर आउने कोशीको पानीले हरेक वर्षा डर र त्रास सँगै लिएर आउने गर्छ । ‘पहाडी क्षेत्रमा वर्षा हुनासाथ कोशीमा पानीको मात्रा बढ्दै जान्छ । ५६ वटै ढोका खोलिएपछि कोशीमा पानीका बहाव घटेपनि स्थानीयमा कोशीको तटबन्ध टुटेर क्षति गर्ने होकि भन्ने त्रास रहिरहेको वराहक्षेत्र ९ का स्थानीय भीम गुरुङले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर