एमालेको नारावाजीपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक ३ भदौसम्मका लागि स्थगित भएको छ ।

बैठकको आकस्मिक समयमा सीआईबीबाट पक्राउ परी एक दिनपछि छुटेका नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफू पक्राउ परेको बारे संसदलाई जानकारी गराएपछि एमाले सांसदहरुले नाराबाजीसहित सदनको नियमित कारवाहीमा अवरोध गरेका थिए ।

एमालेले सुन तस्करी काण्डको छानविन गर्न उच्च स्तरीय आयोग बनाउन माग गर्दै संसदमा नाराबाजी गरेको हो । एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले संसद बैठक ३ भदौ दिनको १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर