बरामदी सुन जोख्ने र पगाल्ने प्रक्रियाको थालनी

काठमाडौं । त्रिभुवन विमानस्थल बाहिर आन्तरिक राजश्व विभागले बरामद गरेको सुन पगालेर जोखिने भएको छ। टक्सार महाशाखामा अहिले सुनको परिमाण यकिन गर्नका लागि पगाल्ने प्रक्रिया सुरु गरिएको छ। आज (सोमबार ) देखि नै सुन जोख्न सुरु हुने बताइएको छ। अहिले ब्रेक शु ब्रेक प्याडभित्र रहेको सुन निकाल्ने काम भइरहेको टक्सार महाशाखाले जनाएको छ ।
साउन २ गते अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपाँस भएर बाहिरिएको अवस्थामा करिब १ क्विन्टल सुन बरामद भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर