प्रधानमन्त्रीको गर्जन : “खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ”

काठमाडौं । सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गर्जन बढ्दै गएको छ । सय किलो सुन तस्करीको फाइल सिआइबीलाई सुम्पने निर्देशन दिन तयार नदेखिएका प्रधानमन्त्री प्रचण्ड अहिले आफ्ना पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा त के अनुसन्धानको क्रममा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने भन्ने अभिव्यक्ति दिन तल्लीन देखिएका छन् । त्यतिमात्र होइन प्रधानमन्त्रीको हुँकार यतिसम्म पुग्यो कि आफ्नै नाम जोडिए भने आफैँलाई हत्कडी लगाएर थुने हुन्छ भन्ने चमोत्कर्षमा उनी पुगेका छन् ।
पार्टीको बागमती प्रदेश कमिटीद्वारा सोमबार काठमाडौंमा आयोजित बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भने, ‘महराजीको र उहाँका परिवारका सदस्यहरूको बारेमा मिडियामा आइरहेकै छ, सरकारले कारबाही गर्न भनेको छ । खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ भनेको छु ।’

भेपमा लुकाएर ९ किलो सुन ल्याएको आरोपमा पक्राउ परेका चिनियाँ व्यापारीसँग माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराहरुको पटक पटक टेलिफोन सम्पर्क देखिएको सिआइबीले जनाएको थियो ।

प्रचण्डले सम्बोधनको क्रममा आफ्नो पार्टी, आफ्नो परिवारको भनेर कसैलाई पनि नछाडिने बताए । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारसम्बन्धी कामले सरकार अप्ठ्यारोमा नपरेको जिकिर गरे । ‘भ्रष्टाचारसम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने कुरा विल्कुल सही होइन’, उनले भने, ‘सरकार विल्कुल ठीक ठाउँमा छ, सुरक्षित छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर