ललितानिवास प्रकरणमा आफू निर्दोष रहेको माधव नेपालको स्पष्टोक्ति

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन्। युरोप भ्रमणबाट फर्केका नेता नेपालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाललेभने, ‘मेरो पालामा यो जटिलता,अप्ठेरो र झमेला वाला जग्गा भनेर कसैले भनेको सरकारको जग्गा नेपालले लिने अरूको जग्गा अरूले लिने भनेपछि सही ढंगले छानविन हुनुपर्छ ।
नेता नेपालले निर्दोष नफसोस् दोषी नउम्कियोस् भन्ने आफ्नो धारणा रहेको बताए।
‘बालुवाटारको निवासभित्र कोही जाने हो भने त्यसले हेर्न सक्दछ र भन्न सक्दछ कि त्यो काम कुन प्रधानमन्त्रीको पालामा सुरु भयो भनेपछि सम्भवतः मेरो नाम अरुभन्दा अग्रपंक्तिमै पर्ने छ,’ उनले भने, ‘बदमासीहरु त्यहाँ केही भएको छ भने त्यसमा छानबिन होस्, त्यसमा मेरो तर्फबाट जे सहयोग गर्नुपर्ने हो मेरो सहयोगी भूमिका रहने छ ।’
उनले आफूले कुनै गलत काम नगरेकाले नआत्तिएको बताए । ‘कुनै बदमासी गरेको छैन, अपराध, भ्रष्टाचार, लेनदेन गरेको छैन, त्यसैले म आत्तिएको छैन,’ उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर