मन्त्री अनिता साहको शपथ ग्रहण आज

काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी जनमत पार्टीकी अनितादेवी साहले सम्हाल्ने भएकी छन्।

साहले आज राष्ट्रपति भवन शीतलनिवासमा शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए । जनमत पार्टीको सचिवसमेत रहेकी साह समानुपातिकतर्फ प्रतिनिधिसभाको सांसद हुन् । साहलाई सरकारमा सहभागी गराउनको लागि सत्तारुढ माओवादी केन्द्रले हिजो सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सत्तागठबन्धनमा भए पनि जनमत पार्टी सरकारमा सहभागी भएको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर