तीज गीत ‘घर आँगनमा नाच फरर’ सार्वजनिक

काठमाडौं । गायिका भावना आचार्य र गायक डेभिड शंकरको तीज गीत ‘घर आँगनमा नाच फरर’ सार्वजनिक भएको छ ।

गीतमा गायिका आचार्यको शब्द र संगीत रहेको छ ।

गीतको भिडियोमा महानायक राजेश हमाल र मन्जु थापा अभिनय रहेको छ ।

गायिका आचार्यका यसअघि बग्ने खोला, मूलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, ‘उडी उडी आ सुवा’लगायतका गीतहरु सार्वजनिक भएका छन् । त्यस्तै, गायक डेभिडको पहिलो नम्बरमा, दर्शन सलाम गीतहरु सफल भएका छन् ।

देवेन्द्र पाण्डेको निर्देशन र कोरियोग्राफी रहेको छ । भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर