अर्थमन्त्री असन्तुष्ट हुँदै भने, “सुन तस्करीमा संलग्नता प्रमाणित गरोस् म पदमा बस्दिनँ”

काठमाडौं । अर्थमन्त्री डा.  प्रकाशशरण महतले सुन तस्करी प्रकरणमा कांग्रेसका कुनै साथीहरूले मेरो संलग्नतासम्बन्धी प्रमाणित गरेमा आफू अर्थमन्त्री पदमा नबस्ने घोषणा गरेका छन् । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा निकै असन्तुष्ट देखिएका अर्थमन्त्री डा। महतले चुनौती दिँदै भने, ‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म यहाँ (अर्थमन्त्री पदमा) बस्दिनँ ।’ तर पार्टीभित्रबाटै लाञ्छना लागेको भन्दै मन्त्री डा। महतले असन्तुष्टि जनाए ।
डा. महतले सांसद सुनील शर्माप्रति इंगित गर्दै भने, ‘मैले यस्तो कुरा गरेर सरकारमा बस्ने कल्पना पनि गर्न सक्दिनँ, साथीहरुलाई शंका लाग्छ भने भन्नुस् । साथीले पनि भनेन । यो (बाहिर बोल्दै हिँड्नु) ठीक हो ? पार्टीमा अनुशासन छैन ? त्यसको आधार हुनु पर्दैन ?’
डा। महतले सांसद सुनिल शर्मालाई पक्राउको विषयमा भने आफूलाई थाहा नभएको बताएका छन् । ‘टाइमिङ र विषयवस्तु त अनुसन्धान गर्नेले जानुन्’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर