रोनाल्डोको सानदार प्रदर्शनमा अल नासर च्याम्पियन

काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधी जितेको छ ।

फाइनलमा अल नासरले अल हिलाललाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

नासरका लागी दुवै गोल रोनाल्डोले गर्दा हिलालका लागी माइकलले गोल गरे ।

किङ पाद स्टेडियम साउदीमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको ५१औं मिनेटमा माइकलको गोलबाट अल नासर खेलमा पछि परेको थियो ।

१० खेलाडीमा समेटिएको अल नासरका लागि ७४औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बियो ।

९८औं मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई २–१ को पूनरागमन जितसहित च्याम्पियन बनाए ।

यो संगै रोनाल्डोले नासरमा पहिलो उपाधी जितेका छन् । उनी पहिलो सिजन क्लबमा उपाधीविहिन बनेका थिए। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर