बाढीपहिरोले देशभरका चार राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौं । बाढीपहिरोले देशभरका चार राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । सडक विभागका अनुसार बाढीपहिरोले तमोर करीडोरअन्तर्गत चतरा-मुलघाट सडक अवरुद्ध भएको छ । यस्तै, तानसेन-रिडी-कोरला सडक, प्युठान- सुर्खेत सडक र डुम्रे-बेशीसहर-चामे सडक पनि बाढीपहिरोले पूर्णरूपमा अवरुद्ध भएका छन् ।

ढीपहिरोले देशभरका ३९ सडक एकतर्फी अवरुद्ध भएको विभागले जनाएको छ । ती सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेका छन् । विभागका अनुसार पृथ्वी राजमार्गअन्तर्गत नौविसे-मुग्लिन-पोखरा सडक, अरनिको राजमार्गअन्तर्गत काठमाण्डौं-धुलीखेल-दोलालघाट-खाडीचौर-कोदारी सडकलगायत ३९ वटा सडक एकतर्फी सञ्चालन भइरहेका छन् । (तस्बिरः फाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर